Search
      नेपाल राजपत्र
      Welcome to
      Department of Printing



      मन्तव्य

      नेपाल राजपत्र नेपाल सरकारले जारी गर्ने आधिकारीक सूचना तथा दस्तावेज हो । वि.स. २००८ साल देखि यसको प्रकाशन हुँदै आएको छ । मुद्रण विभागले नेपाल सरकारबाट प्राप्त भएका सूचना, ऐन, नियम, तथा मन्त्रीपरिषद्का निर्णयहरुलाई तोकिएको समयमा आफ्नो छापाखानाबाट मुद्रण गरी नेपाल राजपत्र प्रकाशन.....

      Close

      मन्तव्य

      नेपाल राजपत्र नेपाल सरकारले जारी गर्ने आधिकारीक सूचना तथा दस्तावेज हो । वि.स. २००८ साल देखि यसको प्रकाशन हुँदै आएको छ । मुद्रण विभागले नेपाल सरकारबाट प्राप्त भएका सूचना, ऐन, नियम, तथा मन्त्रीपरिषद्का निर्णयहरुलाई तोकिएको समयमा आफ्नो छापाखानाबाट मुद्रण गरी नेपाल राजपत्र प्रकाशन गर्दै आएको छ । यसको प्रकाशनबाट सरोकारवाला मन्त्रालय विभाग र सर्वसाधारण जनताहरुले ऐन नियमहरुलाई अध्ययन गर्ने तथा संग्रह गर्ने अवसर प्राप्त गरेका छन् । मुद्रण विभागमा हालसम्म प्रकाशित भएका सम्पूर्ण राजपत्रहरु सुरक्षित छन् ।

      सूचना प्रविधिमा आएको परिवर्तनसंगै मुद्रण विभागले प्रदान गर्ने सेवामा पनि हामीले क्रमिक रुपमा सुधारहरु गर्दै आएका छौँ । नेपाल सरकारको आधिकारिक सूचना तथा दस्तावेजको सहज जानकारी सरोकारवाला लगायत आमजनता सबैलाई सूचना प्रविधिको आधुनिक प्रयोगको रुपमा होस् भन्ने उद्देश्यबाट मुद्रण विभागबाट website शुरु भर्इ हाल संचालनमा रहेको छ । यसैक्रममा नेपाल राजपत्र आवश्यक पर्ने निकाय तथा व्यक्तिहरुका लागि अझ सहज होस भनेर हालसम्म प्रकाशित सम्पूर्ण राजपत्रहरुलाई Digital Version मा परिवर्तन गरी अभिलेख राखिएको छ र यसलाई सोझै हाम्रो website मा गएर हेर्न सक्ने व्यवस्था मिलाइएको छ । हाम्रो यो प्रयासबाट नेपाल राजपत्र हेर्नका लागि अझ सहज हुने विश्वास हामीले लिएका छौँ । निश्चय नै दशकौं देखिका प्रकाशनहरुलाई एक एक गरी राख्नु जटिल कार्य हो । यस कार्यमा खट्नु हुने राजपत्र शाखाका सम्पूर्ण कर्मचारी साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

      यो हाम्रो पहिलो प्रयास हो यसमा कहिं कतै त्रुटी फेला पार्नु भएको खण्डमा सुझाव दिनु हुनका लागि पाठक वृन्दमा अनुरोध छ । धन्यवाद ।




      नेपाल राजपत्र

      नेपालमा राजपत्रको प्रकाशन सर्वप्रथम वि.सं. २००८ साल श्रावण २२  गतेदेखि नेपाल गजेटको रूपबाट शुरू भयो । नेपाल गजेटलाई २०२३ साल माघ १७ गतेबाट राजपत्रको नाममा संसोधन गरियो । नेपाल राजपत्र नेपाल सरकारको आधिकारीक प्रकाशन हो जसमा राष्ट्राध्यक्षबाट जारि भएका सम्बोधन, विधायिका संसदबाट पारित भएका ऐन, अध्यादेशहरू र नियम प्रकाशन गरिन्छ । विभिन्न प्रकारका महत्वपूर्ण सरकारी निणर्यहरुलाई वैधानिकता दिने तथा नागरिकहरुलाई ऐन, नियमको दायरा भित्र राख्ने  सरकारी पत्र नेपाल राजपत्र वि. सं. २००८ साल देखि हालसम्म पनि नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेर मुद्रण विभागले प्रकाशन गरि आमजनसमुदायलाई सरकारी निर्णयहरुको लिखित जानकारी दिई नागरिकहरुको सूचनाको हक सम्बन्धी अधिकार प्रदान गर्दै आइरहेको छ ।

      नेपाल राजपत्र प्रकाशनको प्रक्रिया :

      नेपाल राजपत्रमा प्रकाशित सामाग्रीहरु नेपाल सरकारका सरोकारवाला मन्त्रालय वा विभागको आधिकारीक प्रमाणिकरण पश्चात् मात्रै गरिन्छ । ऐन अध्यादेश वा सन्धी भए कानून मन्त्रालयको सचिवले, नियम भए सम्वन्धित मन्त्रालयको सचिवले र अन्य सूचना भए जुन मन्त्रालयबाट कार्यान्वयन हुने हो सोही मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको कम्तिमा राजपत्रांकित द्वितीय श्रेणीको अधिकृतले प्रमाणित गरी प्रकाशनको लागि पठाउनु पर्ने छ । तर यसरी प्रकाशन हुने सबै सूचनाहरू कानून मन्त्रालयबाट अनिवार्य रुपमा सम्पादन गरिएको हुनु पर्दछ ।

      यसै सन्दर्भमा नेपाल राजपत्रलाई प्रकाशनको…